२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

उम्मेदवारहरुको आचारसंहिता उल्लंघन गर्ने होड, आयोगको कारवाही शुन्य



बुटवल । स्थानीय तह निर्वाचनको दिन नजिकिंदै जाँदा उम्मेदवारहरुको आचारसंहिता उल्लंघन गर्ने होड चलेको छ । आचारसंहिता उल्लंघन गर्नेमा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्रीदेखि बहालवाला पालिकाका अध्यक्षहरु अग्रभागमा देखिएका छन् ।

संघीय सरकारका गृहमन्त्री बालकृष्ण खांणले राज्य शक्तिको आडमा चितवनमा कांग्रेसबाट बागी उठेका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन दवाव दिएको चर्चा चलेपछि आयोगले विज्ञप्ति नै निकालेर दवाव नदिन ध्यानाकर्षण गराएको छ भने गृहमन्त्री कै सहोदर भाई रामकृष्ण खांणले उम्मेदवारी दर्ता गर्दाकै दिन बालबालिकाहरुलाई पञ्चकन्याका रुपमा प्रयोग गरेर आचारसंहिताको उल्लंघन गरेका थिए ।

उता नेपालगन्जमा प्रदेश सरकारका बन, वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्र हमाल हरेक दिन कांग्रेस उम्मेदवारको प्रचारमा खुलेरै हिंडिरहेका छन् । नेपालगन्जकै माओवादीबाट राप्रपामा प्रवेश गरेर मेयरको टिकट पड्काएका नन्दलाल बैश्यले आचारसंहिता विपरित भित्ताहरुमा पोस्टर टाँसेका छन् ।

बाँकेकै खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिलाई एमालेको जिल्लाभरीको उम्मेदवार जिताउन भ्याइनभ्याई छ भने तिलोत्तमाका नगर प्रमुखले त आयोगले सुन्ने गरि आफुले आचारसंहिता उल्लंघन गरेको स्व घोषणा गरेका छन् ।

स्थानीयतह निर्वाचन आचारसंहिता २०७८ को दफा ५ (क) मा नेपाल सरकार, प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीहरुले कुनैपनि राजनीतिक दल तथा उम्मेदवारहरुको प्रचार प्रसारमा हिँड्न प्रतिबन्ध लगाएको छ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले भने तिलोत्तमा नगरपालिका प्रमुखका विरुद्ध बाहेक अहिले सम्म कुनै उजुरी नपरेको जनाएको छ । प्रमुख जिल्ला निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीले पालिकामा नै खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आचारसंहिताको उजुरी लिने व्यवस्था भएकाले त्यसको अनुगमन भइरहेको जानकारी दिए ।

आयोगले बिभिन्न सञ्चारमाध्यममा आएका आचारसंहिता उल्लंघनका समाचारहरुलाई पनि नजिकबाट नियालिरहेको बताउँदै प्रमाण खुलेको अवस्थामा नियमानुसार प्रक्रिया अगाडी बढ्ने बताए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ११ : ४३ बजे

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा