२० बैशाख २०८१, बिहिबार | May 2, 2024

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा बुटवलमा



बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बुटवल आइपुगेका छन् ।

प्रधानमन्त्री देउवा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमअन्तर्गत गठबन्धनद्वारा आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल आएका हुन् । प्रधानमन्त्री देउवा कार्यक्रममा सहभागी हुन अहिले बुटवल आइपुग्नुभएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

निर्वाचन कार्यक्रमअन्तर्गत बुटवलको देवीनगरमा आयोजना हुने चुनावीसभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सचिव प्रजापाल गिरीले जानकारी दिए ।

चुनावी कार्यक्रमलाई प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १२ : २८ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ