२८ असार २०८३, आइतबार | July 12, 2026

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा बुटवलमा



बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बुटवल आइपुगेका छन् ।

प्रधानमन्त्री देउवा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमअन्तर्गत गठबन्धनद्वारा आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल आएका हुन् । प्रधानमन्त्री देउवा कार्यक्रममा सहभागी हुन अहिले बुटवल आइपुग्नुभएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

निर्वाचन कार्यक्रमअन्तर्गत बुटवलको देवीनगरमा आयोजना हुने चुनावीसभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सचिव प्रजापाल गिरीले जानकारी दिए ।

चुनावी कार्यक्रमलाई प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १२ : २८ बजे

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन