२३ भदौ २०८३, मंगलबार | September 8, 2026

ठुलादलहरुको बाकस रित्तो पार्नुस्, कि सुध्रिन्छन्, कि मैदान छाडेर भाग्छन् : राप्रपा अध्यक्ष लिङ्देन



नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले फेरी पनि काँग्रेस, एमाले र मओवादीलाई भोट दिएर जिताएमा पुरानै ब्यक्ति दोहरिएर प्रधानमन्त्री बन्ने र देश झन् दुर्घटनातर्फ जाने निश्चित रहेको बताएका छन् । नेपालगन्जमा शनिबार पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले शेर बहादुर देउवा, केपी ओली र पुष्प कमल दाहाल प्रचण्ड अव कति पटक प्रधानमन्त्री भएपछि देश समृद्ध बन्छ ? भन्दै प्रश्न गरे ।

उनले देशमा समृद्धि र सुशासन कायम गर्न राप्रपाको विकल्प नभएको बताउँदै भ्रष्टाचारको जालोमा फसेको देशलाई सुशासन र समृद्धि तर्फ डोर्‍याउन काँग्रेस, एमाले, माओवादीबाट असंभव भएको बताए । अध्यक्ष लिङ्देनले ठूला दलका नेताहरु गलत बाटोमा हिँडिरहेको र गल्ती सच्याउन पनि तयार नभएको पनि बताए । अब ती नेताहरुलाई सुधार्न भोट नदिएर सचेत गराउनु बाहेक अन्य विकल्प नरहेको उनको भनाई थियो ।

उनले ठुलादलहरुको बाकस रित्तो पार्न र राप्रपामा भोट हाल्न मतदातासँग आग्रह गरे । अध्यक्ष लिङ्देनले भने –‘हारेपछि कि त सुध्रिन्छन्, या त मैदान छोडेर बाहिरिन्छन् ।’ अध्यक्ष लिङ्देनले गठबन्धनले चुनाव जिते देश लडाई झगडामा फस्ने पनि चेतावनी दिए ।

सभालाई सम्बाधेन गर्दै राप्रपाका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले सोँच विचार गरेर मात्र भोट हाल्न आग्रह गर्दै अन्यथा नेपालगन्ज उपमहानगरपालिका घुस खोरी र गुण्डाको अखडा बन्ने चेतावनी दिए ।

राप्रपाबाट नेपालगन्जका मेयर पदका उम्मेद्वार नन्दलाल बैश्यले मञ्चमै आफ्नी आमालाई बोलाएर आमाको कसम खाँदै भ्रष्टाचार नगर्ने कसम खाए । आफू शासन गर्न नभई सेवा गर्नका लागि मेयर बन्न चाहेको पनि उनले बताए । उपमेयरका उम्मेदवार बिन्दु चर्तिमगरले नगरमा सेवा गर्ने अवसर दिन आग्रह गरिन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : ४६ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३