१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

बुटवलमा रगतको अभाव देखियो, अभाव रोक्न आकस्मिक रक्तदान



बुटवल । देशभर स्थानिय निर्वाचनको चहलपहल जारि रहेको बेला रुपन्देहीमा भने रक्त अभाव देखिएको छ। नेपाल रेडक्रस सोसाईटी, रक्त संचार केन्द्र बुटवलमा रगत अभाव देखिएपछि बुटवलका सामाजिक संघसंस्थाहरुले दैनिकजसो आकस्मिक रक्तदान शुरु गरेका छन।

शनिबार गोर्खाली युवा सशक्तीकरण सस्था र वीर गोर्खाली अभियान रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम गरिएको संयोजक चिरन क्षेत्रीले बताए। रगतको अभावको कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको उनले बताए।

संयुक्त रक्तदान कार्यक्रममा ६१ युनीट रगत संकलन भएको सस्थाका अध्यक्ष भरत पुरीले जानकारी दिए । सामाजिक अभियान्ता ईश्वर मल्ल ठकुरी, कार्यक्रम संचालक केशब खनालले युवाहरुको अगुवाईमा समाजका समस्या समाधान गर्ने गरि काम गरिरहेको बताए।

पछिल्लो एकहप्तादेखि ब्लड बैकमा बिरामीका आफन्तहरु रगत लिन लाईन नै लाग्नुपर्ने अवस्था देखिएको नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए।सामाजिक संजालमार्फत सुचना राखेर आकस्मिक रक्तदानलाई नियमित गरेपछि थोरै भएपनि समस्या कम भएको चौहानले जनाए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : ५७ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू