२८ असार २०८३, आइतबार | July 12, 2026

खजुरा बनाउने अभिभारा गठबन्धनको काँधमा सुम्पिन तुफान र मल्लको अपिल



खजुुरा । खजुरा गाउँपालिकाका गठबन्धनका उम्मेदवारहरुले सुखी, खुसी र समृद्ध खजुरा बनाउन आफूहरुलाई मत हाल्न अपिल गरेका छन् । गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार डम्बर विक ‘तुफान’ र नेपाली कांग्रेसकी उपाध्यक्ष उम्मेदवार मञ्जु मल्लले आफूहरुलाई मतदान गरेर पाँच बर्षको जिम्मेवारी सुम्पिन अपिल गरेका हुन् । उनीहरुले मौन अवधि सुरुहुनु पूर्व अपिल प्रकाशित गर्दै आफुहरुलाई जिम्मेवारी सुम्पन अपिल गरेका हुन् ।

‘हामी खजुराबासीको निःस्वार्थ सेवा गर्न चुनावी मैदानमा होमिएका छौं, हामीलाई मतदान गर्नुस्, हामी तपाईंहरुलाई कुनै दिन पनि पछुतो हुन दिने छैनौं,’ उनीहरुले भनेका छन् -‘खजुरा बनाउने अभिभारा खजुरेली जनताले अब हाम्रो काँधमा सुम्पिँदै हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ, तपाईंहरुको विश्वासलाई हामीले जोगाएर पाँच बर्ष खजुरा बनाउन लाग्नेछौं ।’

खजुरेली जनतालाई निराश हुन नदिने अठोट पनि विक र मल्लले गरेका छन् । जनतामाझ गरिएका चुनावी प्रतिबद्धता पूरा गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्दै अध्यक्षका उम्मेदवार विक र उपाध्यक्षकी उम्मेदवार मल्लले काम गर्ने अवसर आफूहररुलाई प्रदान गर्न जनतासमक्ष आग्रह गरेका छन् ।

बैशाख १२ गते उम्मेदवारी दर्ता गरेपछि भोलीपल्टबाट निरन्तर जनतामाझ पुगेर भोट मागेका गठबन्धनका उम्मेदवारहरुले स्थानीयका साथ, समर्थन र मायाले उत्साहित बनेको बताएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ०८ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै