२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

खजुरा बनाउने अभिभारा गठबन्धनको काँधमा सुम्पिन तुफान र मल्लको अपिल



खजुुरा । खजुरा गाउँपालिकाका गठबन्धनका उम्मेदवारहरुले सुखी, खुसी र समृद्ध खजुरा बनाउन आफूहरुलाई मत हाल्न अपिल गरेका छन् । गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार डम्बर विक ‘तुफान’ र नेपाली कांग्रेसकी उपाध्यक्ष उम्मेदवार मञ्जु मल्लले आफूहरुलाई मतदान गरेर पाँच बर्षको जिम्मेवारी सुम्पिन अपिल गरेका हुन् । उनीहरुले मौन अवधि सुरुहुनु पूर्व अपिल प्रकाशित गर्दै आफुहरुलाई जिम्मेवारी सुम्पन अपिल गरेका हुन् ।

‘हामी खजुराबासीको निःस्वार्थ सेवा गर्न चुनावी मैदानमा होमिएका छौं, हामीलाई मतदान गर्नुस्, हामी तपाईंहरुलाई कुनै दिन पनि पछुतो हुन दिने छैनौं,’ उनीहरुले भनेका छन् -‘खजुरा बनाउने अभिभारा खजुरेली जनताले अब हाम्रो काँधमा सुम्पिँदै हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ, तपाईंहरुको विश्वासलाई हामीले जोगाएर पाँच बर्ष खजुरा बनाउन लाग्नेछौं ।’

खजुरेली जनतालाई निराश हुन नदिने अठोट पनि विक र मल्लले गरेका छन् । जनतामाझ गरिएका चुनावी प्रतिबद्धता पूरा गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्दै अध्यक्षका उम्मेदवार विक र उपाध्यक्षकी उम्मेदवार मल्लले काम गर्ने अवसर आफूहररुलाई प्रदान गर्न जनतासमक्ष आग्रह गरेका छन् ।

बैशाख १२ गते उम्मेदवारी दर्ता गरेपछि भोलीपल्टबाट निरन्तर जनतामाझ पुगेर भोट मागेका गठबन्धनका उम्मेदवारहरुले स्थानीयका साथ, समर्थन र मायाले उत्साहित बनेको बताएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ०८ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३