२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवलमा मतदाताको उत्साह उच्च, मतदानस्थलमा बिहानैबाट ठुलो उपस्थिति (फोटो फिचर)



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तह निर्वाचनको माध्यमबाट एमालेले शक्तिशाली स्थानीय सरकार निर्माण गर्न चाहेको बताएका छन् । बुटवल स्थित सडक डिभिजन मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष पौडेलले लोकतन्त्रका उच्चतम अभ्यासकारुपमा निर्वाचन भईरहेको बताए ।

उनले एमालेले यही निर्वाचनको माध्यमबाट संविधानले परिकल्पमना गरेको विकास समृद्दी र समाजवाद प्राप्ती गर्न चाहेको बताए । संविधानको परिकल्पना पुरा गर्न पनि निर्वाचनको भूमिका हुने पौडेलको भनाई छ ।

सोही मतदान केन्द्रमा मतदान गरेर निस्कंदै गरेका बुटवल उपमहानगरमा गठबन्धनको तर्फबाट मेयरमा काँग्रेस उम्मेदवार खेलराज पाण्डेले मतदाताहरुको उत्साहप्रद उपस्थितीले आफुलाई हौसला प्रदान गरेको बताए । मतदाताको माया, विश्वास र मत पाउने विषयमा आफु विश्वस्त रहेको पनि उनले बताए ।

बुटवलमा मेयर पदमा एमाले उम्मेदवार बावुराम भट्टराईले पनि जनताको अपार उपस्थितीबाट आफु विजय बन्ने कुरामा ढुक्क रहेको बताए । भट्टराईले बुटवल ६ चाँदवारीको खानेपानी मतदान केन्द्रबाट मतदान गरेका थिए ।

बुटवलमा बिहान पानी परेपनि मतदानको समय नजिकिँदै गर्दा पानी बन्द भएर बादल लागेको थियो । अहिले पनि बुटवलमा बाक्लो बादल लागेको छ । मतदाताहरु सितल समयको उपयोग गर्दै मतदान स्थलमा भेला भएका छन् । रुपन्देहीको सबै मतदान केन्द्रमा ७ देखि ७ः३०काबीच मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बिहानै पानी परेका कारण कतिपय मतदान केन्द्रहरुमा हिलो र पानी जमेको छ भने मौसम अझै खराव भएका कारण कतिपय मतदान केन्द्रहरुमा त्रिपाल थप गर्नु पर्ने अवस्था पनि देखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : २२ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा