११ चैत्र २०८२, बुधबार | March 25, 2026

खर्च कटौती गर्न सदस्य पम्पहरुलाई पेट्रोलियम डिलर्स एसोसिएसनको सुझाव, कोरोना परीक्षण माग



काठमाडौं । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएकाले पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले आफ्ना सदस्य पम्पलाई अति आवश्यक बाहेकका खर्च कटौती गर्न आग्रह गरेको छ ।

लकडानका कारण व्यवसायमा भारी गिरावट आएको एसोसिएसनले कर्मचारी कटौतीदेखि पम्पबाट हुँदै आएको उधारो तेल वितरण बन्दलगायत विषयमा पूर्वतयारी गर्न आग्रह गरेको हो ।

भिडियो कन्फ्रेन्समार्फत बसेको बैठकले अति कम कर्मचारीबाट पम्प सञ्चालन गर्ने, आवश्यक पदार्थको कारोवार गर्ने हुँदा आपूर्ति नियमित राख्न पम्पमा पेट्रोलियम पदार्थ मौज्दा राख्नुपर्ने तथा पूँजीगत खर्च कम गर्नुपर्ने तथा पम्पबाट उधारो तेल वितरण बन्द गर्ने निर्णय गरेको एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले नगदमा मात्र कारोबार गर्नुपर्ने, अत्यावश्यकबाहेकका खर्च कटौती गर्ने र स्थानीय निकायसँगको समन्वयमा इन्धन वितरण प्रभावकारी बनाउन सबै व्यवसायीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सूचीमा राखे पनि पेट्रोल पम्पका कर्मचारीलाई काममा आउँदा पासको समस्या हुने गरेको उहाँले जनकारी दिनुभयो । “अतिआवश्यक क्षेत्र भने तापनि समन्वय नहुँदा समस्या भयो, बन्दाबन्दी अझै थपिँदै गए ५० प्रतिशत सम्म कर्मचारी कटौती हुनेछ”, उहाँले भन्नुभयो, “पम्प सञ्चालन भए पनि खपत न्यून छ, हाम्रा कर्मचारीहरु पम्पसम्म समेत आउन समस्या भएको छ, घरमा नै कर्मचारीलाई राखेर सेवासुविधा दिए पनि पछिल्लो दिनमा समस्या हुने देखिएको छ ।”

एसोसिएसनले आवश्यकतानुसार कर्मचारी कटौती गरेर अति कमबाट कारोवार सञ्चालनको तयारी गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एसोसिएसनमा आबद्ध एक हजार पाँच सय पम्पमा करीब पाँच हजार कर्मचारी छन् । एउटा पम्पमा पाँचदेखि १० कर्मचारीले काम गर्दै आएका छन् ।

एसोसिएसनले निरन्तर नेपाल आयल निगमलाई कर्मचारीको कोरोना परीक्षण गर्न माग राखे पनि सुनुवाइ नभएको उहाँले बताउँनुभयो । ‘हामीले निरन्तर जोखिम मोलेर काम गरेका कर्मचारीको परीक्षण गर्न माग गरेका छौँ, निगमले आफ्ना कर्मचारीको मात्र परीक्षण गरेर हाम्रा कर्मचारीलाई वेवास्ता ग-यो’, उहाँले भन्नुभयो ।

एसोसिएसनका अनुसार हाल सम्पूर्ण पम्प खुला रहेको र पर्याप्त मात्रामा तेल छ । बन्दाबन्दीका शुरुवाती दिनमा पेट्रोलियम पदार्थको खपतमा कमी आए पनि पछिल्लो समय तराईमा खेतीको याम शुरु हुँदा डिजेलको मागमा वृद्धि भएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  १ : ०९ बजे

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।