२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवलमा ३५ सय बढी मतले खेलराज पाण्डेको अग्रता कायमै



बुटवल । लुम्बिनी प्रदेशमा राजनीतिक गतिविधिको मुख्य केन्द्र रहँदै आएको बुटवलमा एमाले उम्मेदवार पछि पर्ने क्रम जारी छ ।

एमालेका हेभिवेट नेताहरु भएको बुटवलमा एमाले उम्मेदवार गठबन्धनका उम्मेदवारभन्दा पछि परिरहेका छन् । मेयरका दुई मुख्य प्रतिस्पर्धीबीचको अन्तर मत पनि निरन्तर बढ्दै गएको छ ।

१९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म १,२,३,४,५,१९,१८,१७ र १६ को नतिजा आइसकेको छ ।

पाण्डेले १० हजार ६११ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् भने नेकपा एमालेका बाबुराम भट्टराईले ७ हजार ८२ मत प्राप्त गरेका छन् । भट्टराई पाण्डेभन्दा ३ हजार ३२९ मतले पछि रहेका छन् । यसैगरी राप्रपाका मृगेन्द्र शेरचनले २ हजार ६४ मत प्राप्त गरेका छन् ।

उप मेयर उम्मेदवारमा नेकपा एमालेकी सबित्रा अर्यालले अग्रता कायम राखेकी छन् । उनले गठबन्धनका चिनबहादुर गुरुङलाई २ हजार २२१ मतले पछि पारेकी छन् । अर्यालले ७ हजार ७७३ मत प्राप्त गर्दा गुरुङले ५ हजार ६८२ मत पाएका छन् । यसैगरि राप्रपाकी भगवती पाण्डे सैजुले २ हजार ३६३ मत प्राप्त गरेकी छन् ।

बुटवलमा १९ र १८ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो । त्यस्तैगरि २ मा समाजबादी,३ मा माओबादी केन्द्र,४,५,१६ र १७ मा कांग्रेसले जितेका छ ।

अहिले वडा न ६ र १५ को मतगणना जारी छ ।

बुटवलमा यसअघि २०७४ को निर्वाचनमा एमालेले मेयर उपमेयर जितेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : २२ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा