८ पुस २०८२, मंगलबार | December 24, 2025

चौदण्डीगडीमा एमालेका लामा र दुलाल निर्वाचित



उदयपुर । उदयपुरको चौदण्डीगडी नगरपालिकाको नगर प्रमुख र उप–प्रमुख पदमा एमाले निर्बाचित भएका छन् । नगर प्रमुख पदमा एमालेबाट उम्मेदवारी दिएका कालुमान लामाले ८८६३ मत प्राप्त गरेको छ ।

निकटतम प्रतिस्प्रर्धी काँग्रेसका खगेन्द्र राईले ८०१२ मत प्राप्त गरेको छ । नगर प्रमुखमा ८५१ मतान्त।ले लामा निर्बाचित भएका हुन । त्यसैगरी नगर प्रमुखमा नेकपा एकिकृत समाजवादीका नरेन्द्रकुमार राउतले ४३७५ मत प्राप्त गरेको छ ।

नगर उप–प्रमुखमा एमालेकै मणिकादेवी दुलालले ९५६६ मत प्राप्त गरि बिजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्द्वी नेपाली काग्रेसका रिताकुमारी चौधरीले ७७६० मत प्राप्त गरेकी छिन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका हिरा थापा तिम्सिनाले ३५११ मत प्राप्त गरेको छ ।

त्यसैगरी वडाध्यक्षहरुमा क्रमश १ मा नेकपा एमालेका सिताराम राई, २ मा नेकपा एमालेका हरिबहादुर खडका, ३ मा नेपाली काग्रेसका पर्शुराम राई, ४ मा नेकपा एमालेका लुङ्गाराज राई, ५ मा नेकपा एमालेका तुलसीराम ढकाल, ६ मा नेपाली काग्रेसका अम्बरबहादुर खड्का, ७ मा नेकपा एमालेका केशब अधिकारी, ८ मा नेकपा एमालेका भगनाथकुमार मगर, ९ मा नेकपा एमालेका प्रकाशकुमार राउत र १० मा नेकपा एमालेका धर्मेन्द्रकुमार खड्का निर्बाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ९ : २१ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना