१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

वर्तमान निर्वाचन प्रणालीबाट तटस्थ र निश्पक्ष निर्वाचन हुन सक्दैन : पूर्व मुख्यसचिव पौड्याल (भिडीयो संवाद)



बुटवल । नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणी पौड्यालले वर्तमान निर्वाचन प्रणालीले तटस्थ र स्वतन्त्र निर्वाचन हुनै नसक्ने बताएका छन् । खबरसंवादमा अन्तर्वार्ता दिँदै पूर्व मुख्यसचिव पौड्यालले व्यक्ति चिन्नु नपर्ने चुनाव चिन्ह चिने पुग्ने निर्वाचन प्रणालीले निश्पक्ष निर्वाचन हुनै नसक्ने बताए ।

उनले स्थानीय तहमा दलीय निर्वाचन हुन नहुने जिकिर गर्दै जनताले निर्धकक भएर नेता चुन्न पाउनुपर्ने धरणा राखे । उनले स्थानीय तहको काम कर्तव्य र अधिकार तोक्दा संविधानमा त्रुती भएको औंल्याउँदै उनले स्थानीय तहका जन प्रतिनिधिहरुलाई कुनै न कुनै बिधिमा बाँध्नु पर्ने बताए । ‘अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षलाई चिने पनि जनताले सदस्यहरुलाई चिन्दै नचिनी मत दिए,’ उनले भने, ‘व्यक्ति, विचार र योजना नहेरी चुनाव चिन्ह हेरेर मतदान गराइयो ।’

पूर्व मुख्यसचिव पौड्यालले निजामती कर्मचारी दल विशेषको निकट भएर संगठित हुनै नहुने तर्क गर्दै आफुले आफ्ना कार्यकालका सबै प्रधानमन्त्रीसँग कुरा राखेपनि सुनुवाई नभएको बताए । कर्मचारीहरु आफै आस्थाका आधारमा सरकारका विरुद्ध संगठित हुने परिपाटीले स्थायीत्वको कल्पना गर्न नसकिने उनले बताए ।

संघीयतको समिक्षा गर्ने बेला नभएको बताउँदै उनले संघीयता पूर्णरुपमा कार्यान्वयन हुन नसकेका कारण जनताले अनुभूत गर्न नसकेको स्पष्ट पारे ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १० : २९ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई