२४ बैशाख २०८१, सोमबार | May 7, 2024

बुटवलको ११ नम्बर वडाको मतगणना रोकियो, मतपेटिकाको एउटा सिल चुँडिएको भेटिएपछि एमालेबाट विरोध



बुटवल । बुटवलको ११ नबम्र वडाको मतगणना रोकिएको छ । वार्डनम्बर ११ को २ (च) मतदान केन्द्रको मतपेटिका खोल्ने क्रममा मतपेटिकाको एक तर्फको सिल चुँडेको अवस्थामा भेटिएपछि मतगणना स्थगित भएको हो ।

कपडाले बेरिएको मतपेसटकाको कपडाको गाँठो फुकाएर हेर्दा ४ तर्फ लगाईएको सिल मध्य १ तर्फको सिल चुँडिएर कपडामै अल्झिेको भेटिएपछि एमाले मतगणना प्रतिनिधिहरुले विरोध जनाएका छन् । एमलेको विरोध आएपछि सो वार्डको मतगणना रोकेर सर्वदलीय बैठक बोलाईएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सिल चुडिएको भए पनि सिल मतपेटिकाको कपडामा भएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए । पौडेलले सिल चुडिदैँमा मत पत्रमा असर नगर्ने भएकाले राजनीतिक दलहरुलाई मिलेर आउन आग्रह गरिएको जानकारी दिए । बक्सा भित्र स्वस्तिक छाप भेटिएको हल्ला गलत भएको उनले बताए । ‘तीनवटा सिल दुरुस्त छन्। बक्सा खोलिएकै छैन, बक्सा भित्र कसरी स्वस्तिक छाप भेटिन्छ ?’ उनले भने । मत पेटिका खोल्ने क्रममा सिल चुडिएको भेटिए पछि अहिले मतगणना रोकिएको छ ।

बुटवलको वडा नम्बर ११ मतदाताको हिसावले सबै भन्दा ठुलो वडा हो । मतगणनामा पछि पर्दै गएको एमालेले ११ नम्बरको मतगणनाबाट आफ्नो मतको सुधार हुने अपेक्षा गरेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ११ : ५५ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,