११ चैत्र २०८२, बुधबार | March 25, 2026

चट्ट्याङका कारण हरेक वर्ष २५ सय भारतीयले गुमाउँछन् ज्यान



नयाँ दिल्ली । गत मार्चमा राजधानी नयाँ दिल्ली नजिकै रहेको गुरागाउँको एउटा भवनमा काम गर्ने मानिसहरू पानी पर्न थालेपछि रुखमुनि ओत बस्न थाले । केही मिनेटमै चट्ट्याङ प¥यो । चट्ट्याङपछि चारै जना मानिसहरु भुइमा ढले । एकजनाको घटनास्थलमै मृत्यु भयो भने बाँचेका अन्य व्यक्ति जलेर घाइते भए । ‘मलाई के भयो र कसरी भयो भन्ने सम्झिन्न । केही सेकेन्डमै सबै सखाप भयो’, बाँचेकामध्ये एक जनाले भने ।

उनका साथी चट्ट्याङबाट हरेक वर्ष ज्यान गुमाउने २५ सय भारतीयमध्ये एक हुन् । सरकारी तथ्यांकअनुसार चट्ट्याङका कारण भारतमा सन् १९६७ देखि २०१९ को अवधिमा एक लाखभन्दा बढीको मृत्यु भएको छ । यो अवधिमा प्राकृतिक प्रकोपका कारण मृत्यु हुने भन्दा बढी हो ।

एउटा चट्ट्याङको झिल्कामा ३० करोड भोल्ट र ३० हजार एम्पायर उर्जा हुन्छ, जसका कारण जोकोही पनि सजिलै मर्न सक्छ । यसले वरपरको हावा नै तातो बनाइदिन्छ ।

चट्ट्याङमा परेका व्यक्तिहरुमा कमजारी, धमिलोपन, स्मरणशक्ति गुमाउने लगाएका समस्या देखिने गरेका छन् ।

भारतलको जलवायु कार्यलयले तीन वर्षअघि चट्ट्याङबारे भविष्यबाणी गर्न थालेको थियो । मोबाइल एप्सले अहिले विजुलीको चम्काइलाई ट्र्याक गर्छ । मानिसहरुलाई रेडियो, टेलिभिजन र फोनलगायतबाट अलर्ट गरिन्छ ।

लाइटनिङ इन्डिया रिसाइलेन्ट क्याम्पियनले चट्ट्याङको जोखिम भएको गाउँमा चट्ट्याङबारे सचेत गराएको छ । तर, चट्ट्याङको तीव्रता पनि बढेको छ । दिल्लीस्थित सेन्टर फर साइन्स एन्ड इनभाइरनोमेन्ट र जलवायु म्यागेजिन डाउन टु अर्थका अनुसार सन् २०२० को अप्रिलदेखि सन् २०२१ को मार्चसम्म भारतमा १ करोड ८० लाख चट्ट्याङ परेका छन् ।

यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशतले बढी हो । सन् १९९५ देखि सन् २०१४ को अवधिमा चट्ट्याङ तीव्र बढेको इन्डियन इन्स्टिच्युट अफ ट्रोपिकल मेट्रोलोजीको तथ्यांकले देखाएको छ ।

आधाभन्दा बढी राज्यमा बारम्बार चट्ट्याङ परे पनि चट्ट्याङबाट भएका मृत्युमध्ये ७० प्रतिशत मृत्यु उडिसा, झारखन्ड र पश्चिम वंगालमा हुने गरेको छ । खेतवारीमा काम गर्ने मानिस सबैभन्दा बढी जोखिममा परेका छन् ।

‘हाम्रो क्षेत्रमा प्रशस्त चट्ट्याङ परेका छन् । भैसी लिन बाहिर निस्कदा चट्ट्याङबाट सात वर्षीय बालकको मृत्यु भएको म अझै पनि सम्झन्छु’, पश्चिमी वंगालको एउटा विद्यालयकी शिक्षिका सन्ध्यारानी गिरी भन्छन् । उनी कोलकत्ताबाट १२० किलोमिटर दक्षिणमा पर्ने बंगालको खाडीनजिकैको फ्रसेरगन्ज गाउमा घनाबस्ती भएको एउटा गाउमा बस्छिन् ।

जलवायु परिवर्तनको जोखिमले चट्ट्याङ बढेका वैज्ञानिकहरुको भनाई छ । जमिन र समुद्री सतहको तापक्रममा हुने बृद्धिले माथिल्लाे सतहकाे हावा तातो हुने र चट्ट्याङका लागि बढी उर्जा दिने बताइन्छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरूले गरेको एउटा अध्ययनअनुसार तापक्रममा बृद्धिसँगै अमेरिकामा चट्ट्याङ १२ प्रतिशतले बढ्न सक्छ ।

भारतमा बढ्दो शहरिकरण र रुखहरूको आवरणको कटौतीले तापक्रममा बृद्धि भएको छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ९ : ४२ बजे

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको