२४ मंसिर २०८२, बुधबार | December 10, 2025

काठमाडौं मतगणना अपडेट : बालेनको अग्रता कायम, सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन् ।

मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन् ।

पछिल्लो मत परिणामअनुसार बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् । कांग्रेसकी सिंहले ३४ हजार ६०८ मत ल्याएकी छन् । बालेन भन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि छन् । एमालेका स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छन् । उनले ४६ हजार ३४७ मत पाउँदा उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले १६ हजार २८३ मत मात्र पाएका छन् ।

काठमाडौं महानगरमा अहिलेसम्म एक लाख ७० हजार मतगणना भएको छ । बिहीबारसम्ममा सबै मतपरिणाम आइसक्ने बताइएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ७ : ३६ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल