२३ भदौ २०८३, मंगलबार | September 8, 2026

रगत अभाव रोक्न आकस्मिक रक्तदान, जागृतिको रक्तदानमा ५३ युनिट रगत संकलन



बुटवल । रुपन्देहीमा पछिल्लोसमय रगत अभाव देखिएको छ । स्थानिय निर्वाचन घोषणा भएसंगै रगत अभाव देखिएपछि आकस्मिक रक्तदानमा जोड दिईएको छ ।

जागृति बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले आफनो २१ औ स्थापना दिवसमा वृहत रक्तदान कार्यक्रम गरि मनाएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत सहकारीले बुधबार नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रमको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले पहिलो रक्तदातालाई ब्लड ब्याग बितरण गरि शुभारम्भ गरेका थिए ।

देशभरमा रगत अभाव हुदा रुपन्देहीबाट अभियान चलाएको स्मरण गर्दै उनले पछिल्लोसमय यहा रगतको अभाव देखिएको बताए । ‘हामीले दैनिक आकस्मिक रक्तदान कार्यक्रम चलाएका छौ ।’- उनले भने । केन्द्रमा रगतको माग धेरै बढेको उनले बताए । स्थानिय निर्वाचन अवधिमा रगतको अभाव देखिएको भन्दै उनले यस अवधिमा आकस्मिक रक्तदान गरि माग थेग्न सफल भएको उनले बताए ।

सहकारीको अध्यक्ष रमेश प्रसाद पाण्डे, निबर्तमान अध्यक्ष गणेश प्रसाद भट्टराई, पुर्व अध्यक्ष भोजराज पान्डे, सचिव लालप्रसाद बश्यालले नियमित वार्षिक कार्यक्रम राखेर सहकारीमार्फत सामाजिक कार्यमा योगदान दिदै आएको बताए । कार्यक्रमका संयोजक शेष नारायण बश्यालले सहकारीको रक्तदानमा ५३ युनिट रगत संकलन भएको बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : ०२ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी