९ पुस २०८२, बुधबार | December 24, 2025

नेपाली समाज विचार र निष्ठाको आधारमा चल्न नसकेको प्रचण्डको टिप्पणी



काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताएका छन् ।

शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली समाज बिचलनतिर गइरहेको बताए ।

प्रचण्डले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको टिप्पणी गरे । उनले क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको बताए । प्रचण्डले भने– ‘हामीले चाहाना त निकै राम्रो राज्य, निकै राम्रो समाज निर्माण गर्ने भनेका छौँ । हामीले कुरा पनि गरेका छौँ । तर हाम्रो दिनदिनैको काम कारबाहीहरु चाहीँ हाम्रो भनाईसँग तालमेल भइराख्या छैन । कहिँ न कहीँ हाम्रो सिस्टमभित्र अहिलेपनि थुप्रै खोटहरु छन । जसले गर्दा समाज रुपान्तरणको क्रान्तिकारी ढंगले अगाडी जानेतिर होइन अझ बढी दिग्भ्रमतिर, अझबढी बिचलनतिर गइराखेको छ र त्यो खतरा दिनप्रतिदिन बढदो छ । बिचारको आधारमा होइन, कुनै निष्ठाको आधारमा होइन, कुनै एउटा महान उद्देश्य राखेर त्यसको निम्ति सर्मपण, त्यागको आधारमा होइन । क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति अस्वस्थ प्रतिस्पर्धामा हाम्रो समाज गइराखेको भान हुन्छ हामी सबैलाई । त्यसकारण आज हामीले इच्छुकको बारेमा र अरु तमाम सहिदहरुलाई स्मरण गर्दै गर्दा हामीले यो विषयलाई त्यही गम्भिरताको साथ लिन जरुरी छ । र हामी एउटा नयाँ अनुसन्धान, नयाँ आविष्कार र नयाँ क्रान्ति, नयाँ अभियानको खोजीमा केन्द्रीत हुन जरुरी छ । त्यसरी मात्रै हामीले वर्गलाई, राष्ट्रलाई, समाजलाई हामी केही दिन सक्छौँ । केही नयाँ वातावरण निर्माण गर्न सक्छौँ ।’

प्रचण्डले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रीत हुन जरुरी रहेको बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ४ : ५५ बजे

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका

सरकारी भुक्तानी नआए माघ १ देखि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निःशुल्क डायलाइसिस र मुटु उपचार बन्द हुने

बुटवल । बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट भुक्तानी

ऊर्जामन्त्रीका सय दिन : बक्यौता असुलीदेखि ठूला जलविद्युत् आयोजनामा लगानीको सुनिश्चितता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मन्त्रालयमा आफ्नो

एभरेष्ट माविको सांस्कृतिक कार्यक्रममा अतिरञ्जित प्रचारप्रति विद्यालय प्रशासनको आपत्ति

बुटवल । बुटवल-८ सुख्खानगरमा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयले आफ्नो वार्षिक