९ पुस २०८२, बुधबार | December 24, 2025

देशमा फेरि एकपटक राजनीतिक समझदारी र सहमतिको आवश्यकता रहेको छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई फेरि एकपटक राजनीतिक समझदारी र सहमतिको आवश्यकता रहेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले सहमति र सहकार्यको आवश्यकतालाई पुनः दोहोर्याएका हुन । प्रचण्डले देशको साझा समस्या समाधान गर्न साझा संकल्प र साझा प्रतिवद्धताको आवश्यकता रहेको जिकिर गरे ।

तर, प्रचण्डले नीति तथा कार्यक्रमको छलफलमा देखा परेका आआफ्ना हठले देशलाई नयाँ भिजन दिने भन्दा पनि एकअर्कालाई दोषारोपण गरेर आफु उम्किने जस्तो देखिएको भन्दै चिन्ता व्यक्त गरे । प्रचण्डले भने, ‘अस्तिदेखि जस्तो घोचपेचको परिस्थिति देखा पर्यो, हाम्रो छलफल गर्ने तरिका एकले अर्कोलाई घोचपेच गर्ने तरिका भने परम्परागत भन्दा नयाँ बन्न सकेको छैन । समाधानको लागि नयाँ भिजन दिने तिरभन्दा दोषारोपण गर्ने चिन्ता हामीलाई भएको छ ।’

प्रचण्डले स्थानीय निर्वाचनमा जनसमुदायको उत्साहजनक सहभागिता रहेको भन्दै निर्वाचन आधारभूति रुपमा र मूलभूत रुपमा सफल रहेको बताए । छिटफुट घटनाबाहेक निर्वाचन सफलतापूर्व सम्पन्न भएको उनले बताए । आआफ्नो ठाउँबाट कमीकमजोरी भएको भए सबैले सच्चाउने प्रतिवद्धता जनाउनुपर्ने उनले जिकिर गरे । उनले भने, ‘अहिले कुन दलले कति सिट ल्यायो कसको घट्यो, कसको बढ्यो भन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्र अघि बढाउँदै छौं या छैनौ. भन्ने कुरा मुख्य हो । यो प्रक्रिया संस्थागत बन्दै जान्छ भन्ने कुराको सुनिश्चितता हाम्रो लागि महत्वपूर्ण कुरा हो । संविधान ट्याकमा राखेर कार्यान्वयनमा जाने प्रक्रियाले गति लिएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । त्यसदृष्टिले हेर्दा अहिलेको निर्वाचनमा देशभरबाट निर्वाचनमा सहभागी हुने र मतदानका लागि जनता गतिशिल भएको देखियो, ती सबै जनसमुदायप्रति हार्दिक बधाई एवं आधार व्यक्त गर्न चाहन्छु ।’

मतगणना गर्दा हार्दै गएपछि सरकारलाई धारेहात लगाउने कुरा बेठिक भएको उनले टिप्पणी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबारे गरेको भनाईमाथि टिप्पणी गर्दै प्रचण्डले आफैले विश्लेषण गरेको पार्टीभित्रको लज्जास्पद अन्तर्घातले हारेको निस्कर्ष निकाल्दै त्यसको दोष सरकारलाई लगाउनु उचित नभएको जिकिर गरे ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ११ : ५४ बजे

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका

सरकारी भुक्तानी नआए माघ १ देखि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निःशुल्क डायलाइसिस र मुटु उपचार बन्द हुने

बुटवल । बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट भुक्तानी