२५ भदौ २०८३, बिहिबार | September 10, 2026

संघीय संसदमा आर्थिक वर्ष २०७९/८०को बजेट पेश, ‘आयातबाट उत्पादनतर्फ प्रस्थान’



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट पेश गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गरिरहेका छन् ।

बजेट पेश गर्दै अर्थमन्त्री शर्माले यो बजेट आयातबाट उत्पादनतर्फ र बञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको बताए । कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेको बताउँदै उनले चालू आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको उल्लेख गरे ।

अर्थमन्त्री शर्माले उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरी रोजगारी सिर्जनाका लागि गरिबी निवारण गर्ने, प्राकृतिक स्रोतसाधन र पूँजीको परिचालन गरी रोजगारी सिर्जना गर्ने विषय बजेटको प्राथमिकतामा रहेको जानकारी गराए ।

अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका छन् । आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : २२ बजे

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का