१८ श्रावण २०८३, सोमबार | August 4, 2026

सिकारीको पासोमा परी गम्भीर घाइते, न प्रहरीमा उजुरी पर्छ न आरोपी नै पक्राउ पर्छन



महोत्तरी । सिकारीले थापेको पासोमा परेर दुर्घटनामा परिएला भनेर बर्दिबास-१ का ५५ वर्षीय पूर्णबहादुर बलाम्पाकीले कहिल्यै सोचेका पनि थिएनन् । तर, २९ वैशाख बिहान उनले नसोचेकै घटना भयो । घाँस काट्न बिहानैअटावे खोल्सीतिर निस्केका बलाम्पामाथि खोल्सीतिर लम्किएको केही क्षणमामै दुई राउण्ड गोली लाग्यो । उनको तिघ्रामा गोलीको गहिरो चोट लागेको छ ।

दुवै तिघ्रामा गोली लागेपछि उनी खोल्सीमै ढले, अत्याधिक रगत बगेकाले उठ्नै सकेनन् । निकैबेर घर नफर्किएपछि परिवारले खोजी गर्दा उनलाई अर्ध बेहोस अवस्थामा फेला पार्यो ।

ञबुबाको दुवै खुट्टामा गोली लागेछ । भाईलाई फोन गर्नुभयो । हामी त्यहाँ पुग्दा रगत निक्कै बगेको रहेछ । त्यहाँबाट उठाएर बल्लतल्ल अस्पताल पुर्‍यायौँ।झ बलाम्पाकी की कान्छी छोरी निरु बलाम्पाकीले भनिन् । घाँस काट्न जाने क्रममा सिकारीले थापेको पासोमा रहेको धागोमा टेक्दा गोली लागेको प्रहरीको पारम्भिक अनुसन्धानले पनि पुष्टि गरेको छ ।

बलाम्पाकी परिवारका एक्लो भरोसा हुन् । परिवारका पाँच जना उनकै भरोसामा छ । कृषि कर्मबाट पारिवार भरणपोषण गर्दै आएका बलाम्पाकी अहिले उपचारका लागि बिएण्डबी अस्पताल काठमाण्डौंमा उपचाररत छन् । उपचारमा केही खर्च नवनिर्वाचित नगरप्रमुख प्रल्हाद क्षेत्रीले सहयोग गरेको पीडित परिवारको भनाइ छ ।

पीडित बलाम्पाकीको बयानअनुसार मकरलाल कटुवालले पासो थापेका हुन् । बन्दुक पड्किएको आवाज सुनेपछि कटवाल सिकार पर्‍यो कि भनेर हेर्न आएको र मान्छे पासोमा परेको देखेपछि घटनास्थलबाट फरार भएको पीडितको भनाइ छ ।

पीडित परिवारले अहिलेसम्म मकरबहादुरविरुद्ध उजुरी भने दिएको छैन । सुरुमा बर्दिबास(१४ बस्ने मकरलालले नै पासो थापेको पीडित परिवारले दाबी गरेको पनि अहिले नचिनेको बताउँदै आएको छ ।

ञअहिले सबैले निवेदन नदिनु भनेका छन् । ३५ दिनभित्र निवेदन दिने सल्लाह भएकोले त्यतिकै बसेको छौँ ।ु पीडित बलाम्पाकीका दाजु मानबहादुर बलाम्पाकीले भने ।
पैसाको बलमा दोषीलाई बचाउन खोज्नु गलत भएको स्थानीय बताउँछन् । पीडक भनिएका कटुवालमाथि छानबिन गरी कारवाही गर्नका स्थानीयको माग छ ।

अचम्मलाग्दो त कहाँनिर छ भने दोषी भनिएका मकरबहादुरलाई प्रहरीले पक्राउ गर्न नसके पनि मकरलालका परिवारले बलाम्पाकीको उपचारमा सहयोग गरिरहेका छन् ।बरु दोषी भनिएका मकरबहादुरका बुबा दलबहादुर कटवाललाई प्रहरीले पक्राउ गरेर सोधुपछ गरेर छाडेका छ ।

पीडित र पीडक पक्षबीच व्यवहारिक सम्बन्ध भए पनि वन्यजन्तु मार्न पासो थाप्नु पनि अपराधजन्य कार्य भएकाले कटुवाललाई तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्न स्थानीयको माग छ ।

गोली लागेका बलाम्पाकी हिडडुल गर्न सक्ने अवस्थामा छैनन् । तर, सिकारीलाई बचाउने प्रयास भने भैइरहेको छ ।

दोषी भनिएका मकरबहादुर कटवाल सागरनाथ वन परियोजनाका अस्थायी कर्मचारी भएको खुलेको छ । वनका कर्मचारी नै वन्यजन्तु मार्न लागि पर्नुले कर्मचारीमाथि नै गम्भीर प्रश्न खडा भएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ५ : ०१ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क