१६ बैशाख २०८१, आइतबार | April 28, 2024

राउटेलाई सामाजिक सुरक्षा भत्ता



जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका-५ बाँका थलहमा बस्तै आएका राउटेलाई गुराँस गाउँपालिका-८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।

वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए। चालिस परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैतको प्रतिव्यक्ति चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको हो ।

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पाँच वर्ष अघि गुराँस गाउँपालिका-८ ले परिचयपत्र वितरण गरेको थियो । बसाइ सर्ने क्रममा राउटे परिवार जाजरकोटको छेडागाड नगरपालिका-५ बाँका थलह पुगेका हुन् ।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासका क्षेत्रमा राउटे समुदायको बसोबास रहेको छ । अधिकांश दैलेखमा बस्दै आएका छन् । उनीहरुलाई संघीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ७ : ०६ बजे

इलाम-२ मा मतगणनाको तयारी, केहीबेर शुरु हुदै

काठमाडौं । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । 

आजको मौसम : देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु