२० बैशाख २०८३, आइतबार | May 4, 2026

प्रचण्डको स्वीकारोक्ति – माओवादीको पहिचानमा सङ्कट आयो, हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौँ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीमा पहिचानको सङ्कट आउन थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । अध्यक्ष प्रचण्डले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको बताए ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको भान जनतालाई पर्दै गएको उल्लेख गरे ।

जनतालाई माओवादी जनप्रतिनिधि अझ बढी खराब छन् भन्ने लागको पनि आफूले बुझेको प्रचण्ड बताउँछन् ।

तर, माओवादी उन्नत विचारको पक्षपोषण गर्ने दल भएको बताए । समाजवादी क्रान्तिको तयारी गर्ने उन्नत र सुसंस्कृत मानिसको कुरा गर्ने दल पनि माओवादी भएको तर आज त्यस्तो नभएको जनताले सोचेको बताए ।

‘हामी उन्नत विचारको पक्षपोषण गर्छौं । समाजवादी क्रान्तिको तयारीको गर्छौं । उन्नत र सुसंस्कृत मानिसको कुरा गर्छौं । तर, हिजो हामी जनयुद्धमा थियौं । क्रान्तिकारी जनआन्दोनलमा थियौं । त्याग र वलिदानको कीर्तिमान गथ्र्यौं । हामी क्रान्तिकारी रुपान्तरणका अभियन्ता थियौं । सामाजिक क्रान्तिका लागि जस्तोसुकै वलिदानी भन्थ्यौं र गथ्र्यौं र माओवादी जनताले सजिलै चिन्थे । माओवादी अर्कै हुन् र अरु पार्टी अर्कै हुन् । तर, त्यस्तो रहेन ।’

उनले पहिले माओवादीले जनतासँगै रहेर खेतिपातीको काम गर्ने, जनता विरामी पर्दा सहयोग गर्ने र शिक्षाको कुरामा पनि जनताको सेवा गर्ने पार्टी हुनुपर्ने बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  २ : २८ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता