२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

स्थानीयतहको सरकार, जनताको घर दैलोको सरकार : प्रदेश प्रमुख शेरचन



कपिलवस्तु । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जनताको जनप्रतिनधीहरु जहिले पनि जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्न निर्देशित हुनु पर्ने बताएका छन् । लुम्बिनी सरकारले आयोजना गरेको लुम्बिनी प्रदेशका १०९ स्थानीयतहका जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना एवं शासन सञ्चालन सम्बन्धी अन्तक्रिया कार्यक्रमलाई सम्बाधेन गर्दै प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधीहरुले समृद्ध लुम्बिनी निर्माणका लागि लाग्न आग्रह गरे । उनले जनताको जीवन स्तर उठाउनका लागि जस्तोसुकै चुनौतीको सामना गरेर भए पनि काम गर्नका लागि नव निर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध गरे ।

उनले संविधानले तीनै तहको सरकारलाई सहकार्य, सहअस्थित्वको भावनालाई अगाडि बढाएको बताउँदै संविधानको पूर्ण पालना गर्दै जनताको सेवा गर्न पनि आग्रह गरे ।

स्थानीयतहको सरकार जनताको घर दैलोको सरकार भएकाले स्थानीय सरकारको सेवालाई जनताले सबै भन्दा बढी नजिकबाट अनुभत गर्ने प्रदेश प्रमुख शेरचनले बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशका १०९ स्थानीयतहलाई एक आपसमा समन्वय गरी लुम्बिनी प्रदेशबासी जनताको जीवनस्तरलाई आमूल परिवर्तन गर्ने कार्यमा प्रदेश सरकारसँग सहकार्य गर्न आग्रह गरे । उनले जनताको सबैभन्दा तल्लो तहको सरकार स्थानीयतहरु नै भएकाले जनताको सुख, दुखमा साथ दिनका लागि जनप्रतिनिधिहरुलाई अनुरोध गरे ।

मुख्यमन्त्री केसीले प्रदेश सरकारले १०९ स्थानीयतहलाई समन्वय गरी अभिभाकत्व ग्रहण गर्दै अगाडि बढ्ने कुरामा सधँै दृढ रहेको बताउँदै लुम्बिनीका आम जनताको समस्या बुझेर प्रदेश सरकारलाई रिपोटिङ गर्ने र प्रदेश सरकारले त्यसलाई सम्वोधन गर्ने प्रतिबद्धता जनाए ।

उनले राज्यका हरेक निकायमा जनताको सहभागीता र पहुँच पु¥याउनको लागि सबैले सबैले ध्यान दिनुपर्ने बताउँदै जनताको हरेक विकास निर्माणलाई ध्यान दिएर अगाडी बढ्नका लागि अनुरोध गरे ।

लुम्बिनी प्रदेश सभाका सभामुख पुर्णबहादुर घर्तीले जनताको जीवन स्तरमा आमूल परिवर्तनका लागि अगाडी बढ्नका लागि अनुरोध गर्दै जनताको प्रतिनिधीले सधै जनताप्रति उत्तदायित्वलाई पूरा गर्नका लागि अगाडी बढ्न तत्पर रहनु पर्ने स्पष्ट पारे ।

अन्तरक्रियामा संघीयताका विज्ञ खिमलाल देवकोटाले स्थानीय तह शासनको सुधार गर्नका लागि आम जनतालाई समुचित विकास र अधिकारको समुचित वितरण गरेर आम जनतालाई सरकारसम्म जोड्ने नै भएकोले गर्दा संघीयलाई बलियो बनाउने तिर लाग्नुपर्ने बताए । लुम्बिनी प्रदेशले नेपालको संघीयतालाई नमूना बनाउनको लागि सकेजति पहल गरेको उनको दाबी छ ।

नेपाल सरकारका पूर्व प्रमुख सचिव लिलामणी पौडेलले संघीयताको मर्म र भावनाको विकासलाई अगाडि बढाउँदै काम गर्नका लागि सबैलाई अनुरोध गरे । जनताको विकास जनतालाई प्रदान गर्नका अनुरोध गर्दै आम जनतालाई सेवा प्रवाह गर्दा प्राथमिकताका आधारमा गर्न उनले सुझाव दिए ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ३ : २० बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३