२२ बैशाख २०८१, शनिबार | May 4, 2024

घनश्याम भूसालमाथि एमाले अनुशासन आयोगले चलायो कारवाहीको डण्डा



काठमाडौं । एमाले अध्यक्ष केपी ओली विरुद्ध आवाज उठाएको अभियोग लगाउँदै नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाहीको सिफारिस गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक आलोचना गरेका कारण भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले पुष्टी गरेका छन् । आयोगको सचिवालय बैठकले भूसालमाथि कारवाहीका लागि सिफारिस भएको अध्यक्ष बडालले बताए ।

स्थानीय चुनावको परिणाम आए लगत्तै नेता भूसालले एक टेलिभिजन अन्तर्वार्तामा पार्टीले अनपेक्षित परिणाम ल्याउनुको नैतिक जिम्मेवारी अध्यक्ष ओलीले लिनु पर्ने भन्दै अध्यक्ष ओलीले नैतिकताका आधारमा राजीनामा दिन सुझाएका थिए ।

पार्टीको सदस्य रहुञ्जेल कसैले पनि पार्टीको दर्शन, मूल्य, मान्यता, सिद्धान्त र महाधिवेशन लाइनको विरुद्धमा बोल्न नपाईने बडालको भनाई छ ।

पार्टी विधान बमोजिम आवश्यक कारबाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उनले बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ११ : ३९ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ