३ आश्विन २०८३, शनिबार | September 19, 2026

कांग्रेस प्रदेश महामन्त्री भूपेन्द्र राईसहित चार नेताविरुद्ध अन्तर्घातको आरोपमा उजुरी



खोटाङ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेर आधिकारिक उम्मेदवार हराएको भन्दै नेपाली कांग्रेस प्रदेश-१ का महामन्त्री भूपेन्द्र राईसहित चार जनाविरुद्ध अनुशासन समितिमा उजुरी परेको छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पार्टी आधिकारिक उम्मेदवारलाई हराउन महामन्त्री राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी, प्रदेश (ख)का सदस्य पूर्णबहादुर खड्का र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा सभापति रामचन्द्र राईविरुद्ध कांग्रेस खोटाङको अनुशासन समितिमा उजुरी परेको हो ।

चार नेताविरुद्ध कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भएका नइन्द्र राई, उपाध्यक्षका उम्मेदवार रमा कटुवालसहित सात वडाका वडाध्यक्ष पदका उम्मेदवारले कारबाहीका लागि समितिमा उजुरी दिएका हुन् ।

पराजित उम्मेदवारहरूले पार्टीको विधान २०१७, (संशोधन सहित) धारा ३४ उपधारा ४ को क, ख र ग आकर्षित हुनेगरी कारबाही गर्न माग गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा महामन्त्री राई भने विजयी भएका थिए । गाउँपालिकामा यस पटक नेकपा एमालेका लोकेन्द्र राई विजय भए ।
त्यसपछि महामन्त्री राईमाथि अन्तर्घातको आरोप लागेको हो ।

अनुशासन समिति जिल्ला संयोजक ज्ञानेन्द्र जोशीले निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठे÷नउठेको तथा आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात हुने काम कारबाही भए÷नभएको प्रतिवेदन पेस गर्न १३ जेठमा पत्र पठाएका थिए ।

सोहीअनुसार अन्तर्घात गर्ने र विपक्षी दलका उम्मेदवारलाई जिताउन सहयोगी भूमिका निर्वाह गरेका नेताविरुद्ध उजुरी दिइएको गाउँपालिका अध्यक्षका उम्मेदवार राईले बताए ।

महामन्त्री राईमाथि आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिन कार्यकर्ता उक्साएको, विपक्षी दल एमाले नेता र उम्मेदवारसँग गोप्य बैठक बसेर पार्टीको आन्तरिक रणनीति तथा गोपनीयता भङ्ग गरी आर्थिक लेनदेन र चलखेल गर्दै मतदाता तथा कार्यकर्ता भड्काएको उजुरी उल्लेख छ ।

उजुरीमा गुट खडा गरी अन्तर्घात गराउँदै आधिकारिक उम्मेदवारलाई लज्जास्पद पराजय गराएको, पदको दुरुपयोग गरी हरेक वडामा अधिवेशनको नकारात्मक विषयवस्तुबारे दुष्प्रचार गरी कार्यकर्ता वा मतदातालाई भड्काएको आरोप पनि छ ।

पार्टीको चुनावी सभामा सहभागी हुन उदासिनता देखाएको, संलग्न चुनावी सभामा विवादास्पद अभिव्यक्ति दिएको आरोप पनि पराजित उम्मेदवारहरूले लगाएका छन् ।

यस्तै, गिरीमाथि आधिकारिक उम्मेदवारविरुद्ध दुष्प्रचार गरेको, पदीय जिम्मेवारीलाई वहन नगरको, विपक्षी पार्टीका नेता र उम्मेदवारसँग बैठक बसेर गोपनीयता तथा रणनीति ‘एक्सपोज’ गराएको, आधिकारिक उम्मेदवारविरुद्ध वितृष्णा फैलाएको जस्ता आरोप लागेको छ ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ९ : ०० बजे

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत