२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

गृह प्रशासनको आदेश बेगर बर्दियामा गोली चलेको गृहमन्त्री खाँणले गरे खुलासा



काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बर्दियामा सरकारको आदेश बेगर गोली प्रहार भएको बताएका छन् । उनले प्रतिनिधसभाको मंगलबारको बैठकमा बोल्दै नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने सरकारको आदेश नभएको बताए । बर्दियाको मधुवन-२ मा सोमबार प्रहरीको गोली प्रहारबाट एक युवतीको मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको बताउँदै गृहमन्त्री खाँणले नागरिकहरूको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै नभएको बताए । ‘म यो रोस्ट्रमबाट भन्न चाहन्छु नेपाल सरकार गृह मन्त्रालयको निर्देशन सम्झाइबुझाइ गर्नेस बरु सर्वपक्षीय सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने र कमभन्दा कम शक्ति प्रयोग गर्ने भन्ने हो । गोली प्रहार गर्ने त आदेशै छैन ।’ उनले भने ।

गृहमन्त्री खाँणले बर्दियामा कसरी गोली चल्यो र एक जनाको मृत्यु भयो भन्नेबारे छानबिन गर्नका लागि गृहले छानबिन समिति गठन गरेको संसद्लाई जानकारी दिए ।

खाँणका अनुसार मनत्रालयले गृहका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र गृहका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् ।

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत अध्ययनसहित छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको संसदमा खाँणले बताए । ‘कुन अवस्थामा गोली चल्यो र गोली चलाउने आदेश कसले दियो भन्ने यथार्थ सत्यतथ्य विवरणपछि आवश्यक कारबाही हुनेछ ।’ उनले भने

बर्दियाको मधुवन क्षेत्रमा बाघको आक्रमणबाट निरन्तर मानवीय क्षति भएको तर सरकार वन्यजन्तु पीडितप्रति उदासीन भएको, वनका अधिकारी घटनास्थल नपुगेको भन्दै आक्रोशित स्थानीयबासीले सोमबार गुलरिया(राजापुर सडकखण्ड बन्द गराएका थिए ।

स्थानीयले उक्त सडकखण्डमा चक्काजाम गरेपछि सुरक्षाकर्मीसँग झडप भएको थियो । झडप भएपछि प्रहरीले गोली चलाउँदा नविना थारूको मृत्यु भएको थियो । सोही घटनाको विषयमा संसद्‌मा गृहमन्त्रीको प्रस्टीकरण माग गरिएको थियो । सभामुखले जवाफ दिन रुलिङ गरेपछि गृहमन्त्री खाँणले संसदलाई जानकारी दिएका हुन् ।

गृहमन्त्री खाँणले वन्यजस्तु आक्रमणबाट मानिसलाई जोगाउनका लागि दीर्घकालीन नीति तय गरी काम गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ८ : १० बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा