२८ बैशाख २०८३, सोमबार | May 11, 2026

महोत्तरीमा एक वर्षमै घट्यो बलात्कारका १९ घटना



महोत्तरी । १७ जेठको दिउँसो मामाघरमा सात वर्षीया बालिका खेलिरहेकी थिइन् । आफ्नै उमेरका बालबालिकासँग खेलिरहेकी बालिका एक्कासी हराइन् ।

अबोध बालिका एक्कासी हराएपछि गाउँघरमा खैलाबैला मच्चियो । खेल्ने ठाउँबाट केही घण्टा हराएकी बालिका जब बलात्कृत भएको थाहा भयो, तब उनका बाबुआमा मर्माहत बने ।

पीडित बालिकाको बयान र परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले ६० वर्षीय एक पुरुषलाई पक्राउ गर्यो ।

१६ जेठको बिहान छ वर्षीया बालिका आफ्नै घर अगाडि खेलिरहेकी थिइन् । खेल्दाखेल्दै उनी हराइन् । हराएकी उनलाई सहगोत्रभित्रका दाइ पर्ने दुई दाजुले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी परेको छ ।

जाहेरीका आधारमा प्रहरीले आरोपी दुवैलाई पक्राउ परेको छ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरेर प्रहरीले बलात्कार (जबर्जस्ती करणी)सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।

महोत्तरीमा गत हप्ता घटेका यी प्रतिनिधिमूलक घटना मात्र हुन् । बलात्कारका घटनाहरू महोत्तरीमा दिन–प्रतिदिन बढिरहेको तथ्याङ्कले देखाएको छ ।
बलात्कार घटनाको सिकार हुनेमध्ये धेरै बालिका र अपाङ्गता भएकी महिला छन् ।

जिल्ला प्रहरी उपरीक्षक (एसपी) प्रकाश विष्टका अनुसार महोत्तरीमा २०७८ सालमा बलात्कार घटनाका १९ वटा उजुरी परेका छन् ।

उजुरीका आधारमा अधिकांश घटनाको अनुसन्धान प्रहरीले गरिसकेको छ । अनुसन्धान गरेर बुझाएको प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । तर, दायर मुद्दाहरूको टुङ्गो अदालतबाट हुन बाँकी छ ।

एसपी विष्टले १९ वटा बलात्कारका घटनामा संलग्नमध्ये पक्राउ परेर धेरै पुर्पक्षका लागि थुनामा रहँदा केही भने फरार नै छन् । कतिपय भने अझै फरार छन् ।

रोचक त के छ भने बलात्कार जस्तो गम्भीर प्रकृतिका आपराधिक घटनामासमेत पीडित पक्षलाई दबाब दिएर जनप्रतिनिधिहरूकै रोहबरमा कतिपय घटना मिलाइएका छन्।

जबकि, बलात्कार मिलापत्र गर्न नमिल्ने घटना हो । यद्यपि, कानुनलाई चुनौती दिँदै केही जनप्रतिनिधि नै संलग्न भएर बलात्कारका घटनामा मिलापत्र गरेको घटना जिल्लामा बेलाबेला हुने गरेको छ ।

यस्तो छ, महोत्तरीमा बलात्कार घटनाको ग्राफ

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७५ देखि यता जिल्लामा ९३ वटा बलात्कारका घटना भए ।

आर्थिक वर्ष २०७५/०७६ मा ३० वटा, २०७६/०७७ मा १६ वटा, २०७७/०७८ मा ४४ वटा बलात्कार घटनासम्बन्धी उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ २४ गतेसम्म १९ वटा घटना भएको एसपी विष्टले बताए ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ८ : ४३ बजे

संसदमा नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहनको मुद्दा किन नलाग्ने ?

काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले सरकार निरंकुशतातर्फ उन्मुख

सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै

कांग्रेसको प्रश्न : संसद छलेर सरकार किन अध्यादेशको बाटोमा गयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदलाई बेवास्ता

प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु, विपक्षी दलहरूबाट सरकारको विरोध 

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु भएको छ

प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसद्वारा राज्यव्यवस्था समिति बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक प्रतिनिधिसभाको राज्य