१० श्रावण २०८३, आइतबार | July 26, 2026

विद्युतीय सवारीसाधनमा लगाएको अन्तशुल्क तथा भन्सार महशुल पुर्नविचार गर्न माग



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेटमा २०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीसाधनमा भन्सार तथा अन्तःशुल्क महशुलमा अत्यधिक वृद्धि गरेकोमा पुर्नविचार गर्न अटो व्यवसायीहरूले माग गरेका छन् ।

सरकारले नेपालमा उत्पादित विद्युतलाई पेट्रोलियम पदार्थको विकल्पको रुपमा प्रयोग गरी व्यापार घाटा कम गर्ने, आफ्नै उत्पादन जलविद्युतलाई विद्युतीय सवारी साधनलगायतका साधनमा प्रयोग गरी विदेशी मुद्रा वचत गर्ने माध्यमको रुपमा लिएकोमा भने उनीहरू स्वागत गरेका छन् ।

तर २०० किलोवाट क्षमता भन्दा माथिका सवारी साधनमा भने भन्सार र अन्तशुल्क महशुल बढाएकोमा उनीहरूले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित गरेको बुझेको जनाएका छन् । उनीहरूले नेपालको भौगलिक अवस्थाअनुसार २०० किलोवाट क्षमताका विद्युतीय सवारी साधनहरूलाई समेत पुरानै व्यवस्थाअनुसार भन्सार तथा अन्तशुल्क महशुल कायम गरीदिने सरकारसँग अनुरोध गरेका छन् ।

केहि समयअघि मात्रै नेपाल सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन निजी प्रयोजनका सवारी साधनहरूको असार मसान्तसम्मका लागि आयातमा रोक लगाएको छ । उक्त निजी प्रयोजनका सवारी साधनहरूको आयातले विदेशी मुद्रा संञ्चिति र शोधनान्तर स्थितिमा खासैै असर नपरेको र आयात प्रतिबन्धको सहज समाधानका लागि सरकारसँग उनीहरूले अपील गरेका छन् ।

यसैगरी, बजेटमा सरकारले २०० सिसीसम्मका मोटरसाइकललाई सर्वसाधरणले प्रयोग गर्ने सवारीसाधनको रुपमा लिएको छ । तर, २०० सिसीभन्दा माथिका मोटरसाइकलमा भने अन्तशुल्क तथा भन्सार महशुलमा अत्यधिक वृद्धि गरेको छ । यसबाट धेरै सिसीका मोटरसाइकलको बिक्री वितरण ढप्प भएको छ । उनीहरूले अटोमोबाइल व्यवसायीले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था उत्पन्न भएकोले यसतर्फ समेत पूर्नविचारका लागि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ३ : १६ बजे

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि