१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, केही राउण्ड अश्रुग्यास प्रहार



काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर फ्याँक्न नुवाकोटको बन्चरेडाँडामा गएका गाडीहरुलाई अवरोध गरेपछि बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको डिआइजी उत्तमराज सुवेदीले बताएका छन् ।

स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नुपरेको उनको भनाइ छ ।

काठमाडौंबाट फोहोर लिएर गएका गाडी स्थानीयले अगाडि बढ्न नदिएपछि बिहानदेखि नै बन्चरेडाँडामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थालिए पनि बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ४ : ०५ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको