१९ बैशाख २०८१, बुधबार | May 1, 2024

पेट्रोलियम पदार्थको मूल्य मुल्यबृद्धिको विरुद्धमा अनेरास्ववियु रुपन्देही चक्काजाम



बुटवल । अनेरास्ववियु रुपन्देहीले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको मुल्यबृद्धिको बिरुद्धमा जिल्लाका बिभिन्न ठाउँमा १ घण्टा चक्काजाम गरेको छ ।
अनेरास्ववियु रुपन्देहीको योजनामा बुटबलको मिलनचोक, भैरहवा, सैनामैना, देवदह लगायतका स्थानमा १ घण्टा चक्काजाम गरी आन्दोलन गरिएको हो ।

पटक पटक पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि गरेको विरुद्ध चक्काजाम गरिएको बताउदै अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डेले सरकारले पेट्रोलियम पदार्थमा लिदै आएको कर छुट गरी जनतालाई राहत दिन माग गरेका थिए । उनले अहिलेको परमादेशी सरकार जनताप्रति अलिकति पनि उत्तरदायी नभएको र जनतालाई राहत दिनुको सट्टा दिनप्रतिदिन ढाड नै सेकिने गरी दैनिक उपभोगका सबै वस्तुमा मुल्य वृद्धि गरेको बताएका थिए ।
बुटवलको मिलनचोकको आन्दोलनमा अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारी, जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेल लगायतले बोलेका थिए भने सैनामैनामा केन्द्रीय सदस्य सिमा घिमिरे, जिल्ला कोषाध्यक्ष सुमित सापकोटा देवदहमा केन्द्रीय सदस्य कृष्ण पौडेल, जिल्ला सहसचिव अर्जुन गैरे भैरहवामा केन्द्रीय सदस्य सरोज ठकुरी, जिल्ला सहसचिव भिम भण्डारी लगायतले बोलेका थिए ।

अनेरास्ववियुले आजको जक्काजाम सांकेतिक भएको र अव दैनिक उपभोग्य वस्तुको मुल्य नघट्दा सम्म चरणवद्ध आन्दोलन गर्ने अनेरास्ववियुका जिल्ला सचिव तथा प्रचार विभाग प्रमुख प्रकाश पराजुलीले बताएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ११ : ४९ बजे

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन