२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

फ्रान्स रोकियो, क्रोयसियाको जित



काठमाडौं । यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स १-१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ ।

समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रियासँग अंक बाढ्न बाध्य भयो । सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको हार टारे ।

यसअघि घरेलु टोली अष्ट्रियाको लागि आन्द्रेस वेमानले गोल गर्दै सुरुवाती अग्रता दिलाए थिए । यता, अष्ट्रियाको भने प्रतियोगितामा पहिलो हार हो ।

यस्तै, समूहको अर्को खेलमा क्रोयसियाले डेनमार्कलाई १-० अन्तरले पराजित गर्‍यो । प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा क्रोयसियाको लागि मारियो पासालिकले खेलको ६९औं मिनेटमा गोल गरे ।

यस खेलसँगै समूह ए १ मा पराजित डेनमार्क ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ । समान खेलबाट समान ४ अंक भए पनि अष्ट्रिया दोस्रो र तेस्रो स्थानमा छ । यस्तै २ अंक बनाएको फ्रान्स पुछारमा छ ।

 

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : ०७ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको