१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

आजको प्रतिनिधिसभा बैंठकमा दुई मन्त्रालयको बजेटमाथि छलफल हुने



काठमाडौं । प्रतिनिधिसभाको आजको बैंठकमा दुई मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट पेश गरेका थिए । त्यसयता निरन्तर बजेटमाथि छलफल चलिरहेको छ ।

आज प्रतिनिधिसभाको बैठकमा शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ । यसका लागि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

यससँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटका विषयमा पनि छलफल हुनेछ ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले खचै कटौतीको प्रस्ताव दर्ता गराएका छन् । उनीहरुले विनियोजन विधेयक २०७९ अन्तर्गत छलफल हुने दुई मन्त्रालय र तीन निकायको उल्लिखित खर्च कटौतीको छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका हुन् ।

त्यस्तै, सांसद कृष्णभक्त पोखरेलले शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँमा कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ८ : २३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा