९ पुस २०८२, बुधबार | December 25, 2025

प्रतिनिधिसभामा सांसद प्रेम सुवालको प्रश्न– कर छुट गराउन अर्थ मन्त्रालय छिर्ने विदेशी कुन देशको हो ?



काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गत जेठ १४ गते बजेटमा कर छुट गराउन अर्थमन्त्री जनार्दशन शर्माको कार्यकक्षमा छिर्ने दुईमध्ये एक जना विदेशी नागरिक भएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले ती विदेशीको परिचय खुलाउन माग गरेका छन् ।

‘जेठ १४ गते राती १२ बजे अर्थ मन्त्रालयमा प्रवेश गर्ने दुई जनामध्ये एक जनाको परिचय अझै खुलेको छैन । सीए भनिएको त्यो विदेशी नै हुनपर्छ भन्ने कुरा बाहिर आएको छ । तर कुन देशको नागरिक हो भन्ने बाहिर आएको छैन । विदेशी नागरिक अर्थ मन्त्रालयका कर छुट गराउन कसरी पुगे रु अर्थमन्त्रीजीले कसरी बाटो दिनु भयो रु,’ सुवालले प्रश्न गरे ।

उनले बैठकमा ती विदेशीलाई प्रवेश दिएर गठबन्धन दलहरुले कति कमिसन पाए त्यो समेत स्पष्ट पार्न अनुरो गरे ।

अर्थमन्त्रीले कुन कुन उद्योगलाई कति कर छुट दिएको हो सो पनि सदनलाई जानकारी गराउनु पर्ने उनले बताए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १ : ४९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना