१४ पुस २०८२, सोमबार | December 30, 2025

एकीकृत समाजवादीको बैठकमा आज अध्यक्षको प्रतिवेदनमाथि छलफल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको १२ औं बैठकमा आज अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

अध्यक्ष नेपालले मंगलबार स्थायी कमिटीको बैठकमा स्थानीय तह निर्वाचन, २०७९ को समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसमाथि आज छलफल हुने भएको हो । त्यसका लागि बिहान ११ बैठक बस्दै छ ।

यसअघि मंगलबार केन्द्रीय कार्यालयमा बसेको बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षाका साथै सातवटै प्रदेशबाट प्रदेश इञ्चार्जले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गरेको महासचिव डा. बेदुराम भुसालले बताए ।

रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ का घनेन्द्र बस्नेत, मधेश प्रदेशका रामचन्द्र यादव, बागमती प्रदेशका सावित्रा भुसाल, गण्डकी प्रदेशका केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशका भागवत विश्वासी, कर्णाली प्रदेशका प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशकी मदनकुमारी (गरिमा) शाह रहेका थिए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गरेको बैठकमा पार्टी उपमहासचिव डा. विजय पौडेलको पूर्ण स्वास्थ्य लाभको कामना गरिएको थियो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : २० बजे

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते