२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

२० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने कानुनी प्रावधान घटाउँदै सरकार



काठमाडौं । सरकारले २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने विद्यमान कानुनी प्रावधान सच्चाउनका लागि गृहकार्य थालेको छ ।

२० वर्ष नपुगी बिहेवारी गर्न नपाउने कानुनी प्रावधानका कारण अपराध बढेको जनाउँदै सरकारले सो प्रावधान सच्याउनका लागि गृहकार्य सुरु गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले यसबारेमा मन्त्रालयले अध्यययन गरिरहेको जानकारी दिए ।

‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ, व्यक्तिगत रुपमा बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्टान्डर्डले देखाउँदैन्,’ मन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा भने, ‘बरु यसले अपराध बढाउने काम भइरहेको छ, बालविवाह सजाय भइरहेको छ, यसमा रिभ्भू गर्नुपर्छ, रिभ्यूको प्रोसेस कानुन मन्त्रालयले थालिसकेको जानकारी गराउन चाहन्छु ।’

उनका अनुसार २० वर्षभन्दा कम उमेरमा बिहे गरेका जोडाजोडीलाई प्रहरीले थुनामा राखेका कारण क्रमशः संख्या बढ्दै जाँदा सामाजिक संरचनामा नै नकारात्मक असर पर्दै गएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : ४८ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम