८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

आईएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, आइपिओ जारी गर्ने प्रस्ताव पारित गर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले जेठ ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको संचालक समितिको बैठकले जेठ ३१ गते तेस्रो बार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । साधारणसभाले सर्वसाधारणलाई आईपीओ जारी गर्ने बिशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, साधारणसभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन माथि छलफल हुनेछ ।