१३ बैशाख २०८३, आइतबार | April 26, 2026

नेदरल्याण्डसँग पराजित भएसँगै नेपालको विश्वकप यात्रामा पूर्णविराम

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटका लागि जिम्बाबेमा जारी समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग नेपाल पराजित भएको छ । यो पराजयसँगै नेपालको विश्वकपको सपनामा यसपटक पूर्ण विराम लागेको छ । नेपाल समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको हो । टस हारेर ब्याटिङमा खराब सुरुआत गरेको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै दिएको १६८…