काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइन बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबका बिचमा बीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ । यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने साउदी अरबले कतारलाई सात विकेटले हराएको थियो…