बुटवल । रुपन्देहीमा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, खेलकुद बिभागको आयोजनामा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रातियोगिता सुरु भएको छ । बिहीबारदेखि तिलोत्तमा ब्याडमिन्टन क्लबको कभर्डहलमा सुरु भएको प्रतियोगितामा देशभरबाट नेपाल विद्युत प्राधिकरणमा आवद्ध पुरुष तथा महिला कर्मचारीहरु सहभागी भएका छन् । प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव जय प्रकाश भट्टराईले खेलको माध्यमबाट आपसी…