काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दैछ । नेपाली समय अनुसार बिहान सवा एघार बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानमा खेल सुरु हुनेछ । घरेलु टोली यूएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी-२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ…