१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

युरोकप फुटबल : युक्रेनमाथि ४-० को जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

काठमाडौं । जारी युरोकपको सेमिफाइनलमा इंग्ल्यान्ड प्रवेश गरेको छ । शनिबार मध्यरातमा सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनमाथि ४-० को जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे भने…