काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गर्दैछन् । नारावाजीकै बीचमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई बोल्न दिएका छन् । गुरुङले सदन अवरुद्ध भएको अवस्थामा एमसीसी जस्तो राष्ट्रिय महत्वको विषयको प्रक्रिया अघि बढाउन नहुने जिकिर गरे ।…