काठमाडौं । विश्वभक्त दुलाल ‘आहुती’को नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने भएको छ । काठमाडौंमा शनिवार सम्पन्न प्रथम राष्ट्रिय भेलाले ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै निर्वाचन बहिस्कारको निर्णय गरेको हो । ‘यसै संसदीय व्यवस्था भित्रको निर्वाचनको औचित्य नरहेको निष्कर्ष पार्टीको छ,’ केन्द्रीय सदस्य जागृत रायमाझीले न्युज कारखानासँग भने, ‘यो संसदीय व्यवस्था…