काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो । जारी बैठकमा १० समूहमा विभाजित टोली नेताले समूहगत छलफलपछि आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए । आजको बैठकमा तीनै प्रतिवेदन पारित गर्ने तयारी रहेको छ । एमालेका…