६ बैशाख २०८१, बिहिबार | April 18, 2024

टुङ्गो लाग्यो काँग्रेस पूर्व सभापति स्वर्गिय सुशिल कोईरालाको गृह जिल्ला बाँकेको सदस्यता विवाद



नेपालगन्ज । नेपाली काँग्रेसको पूर्व सभापति सुशिल कोईरालाको गृह जिल्लाकारुपमा चिनिने बाँके जिल्लाको काँग्रेस सक्रिय सदस्यता विवाद नेताहरुले टुङ्गो लगाएका छन् । वर्तमान सभापति शेरवहादुर देउवाले आफ्नो वर्चश्व रहेको जिल्लाकारुपमा दाबी गरेको बाँकेको सक्रिया सदस्यता विवाद लामो अभ्यास पछि आज टुङ्गो लागेको हो ।

बाँके सहित ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्गो लगाउँदै आज निर्वाचन समितिलाई सदस्यता सूची बुझाइएको काँग्रेस केन्दीय कार्यालयले जनाएको छ । बाँके सहित महोत्तरी, सिरहा, डोल्पा र सुर्खेतको सदस्यता सूची प्राप्त भएको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले जानकारी दिएका छन् ।

काँग्रेसले ७ वटा जिल्लाको सक्रिय सदस्यता विवाद अझै सुल्झाउन सकेको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएको जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा रहेको छन् । सदस्यता टुङ्गो लागेका पाँच जिल्लामा भोलि नै निर्वाचन अधिकृत खटाइने सदस्य पोखरेलले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ८ : ४१ बजे

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर

एन्फाका उपाध्यक्ष लामा छुटे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द