काठमाडौं । नेकपा एमालेले पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि माथि छलफल गर्न १० वटा समूह निर्माण गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रिय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो । भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र…