काठमाडौं । नेपाली काँग्रेस भित्र क्रियाशिल सदस्यको विवाद चर्कँदै गएपछि निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् । क्रियाशिल सदस्य विवादका कारण २० जिल्ला बढीमा वडा, क्षेत्र र जिल्ला अधिवेशनहरु हुन नसक्ने अवस्था आएपछि संयोजक यादवले विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका हुन् । पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद नटुङ्ग्याइ जिल्लाहरुमा…