काठमाडौं । एमसीसीको विरोधमा सोमबार पनि अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले एमसीसी खारेजीको माग गर्दै दुतावास अगाडि प्रर्दशन गरेका हुन् । प्रदर्शनकारी विद्यार्थीलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ । एमसीसी राष्ट्रघाती सम्झौंता भएको उल्लेख गर्दै खारेज गर्न दवाव दिईरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा…