बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका बिनाविभागिय मन्त्री अजय शाही र सांसद विमला खत्री ओलीको प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने पत्र कार्यान्वयन नभए संसद अवरुद्ध गर्ने तयारी गरेको छ। एमालेको सूर्य चिन्ह लिएर प्रदेशसभामा निर्वाचित भएका शाही र अदालतले भङ्ग गरिदिएको नेकपाको सुर्य चिन्हबाट चुनाव लडेर निर्वाचित विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम…