नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन गइरहेको बाँके जिल्लाको निर्वाचन स्थगित भएको छ । जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत(वरिष्ठ अधिवक्ता) रेवतीरमण भट्टराईको अध्यक्षतामा आइतबार (आज) बेलुकी बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बाँके जिल्लाको जिल्ला स्तरिय निर्वाचन अन्तर्गत यही मिति २०७८ मंसिर १३ गतेका दिन उम्मेदवारी मनोनयन…