काठमाडौं । जनता समाजवादी पार्टी नेपालको आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णय विरुद्ध जसपाकै महन्थ ठाकुर पक्षले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा परेको छ । जसपाको अध्यक्षका हैसियतले महन्थ ठाकुरले निर्वाचन आयोगको आधिकारिकतासम्बन्धी प्रक्रिया रोक्न माग गर्दै रिट निवेदन दिएका थिए । ठाकुरले पार्टीको कार्यकारिणी समितिमा आफुले…