६ बैशाख २०८१, बिहिबार | April 18, 2024

माओवादी लुम्बिनी प्रदेशको विवाद छरपस्ट, शहीद, बेपत्ता र अपाङ् परिवारलाई पछि पार्दै प्रदेश कमिटीमा श्रीमान श्रीमतीको बोलवाला



बुटवल । नेकपा माओवादी केन्द्रको प्रथम लुम्बिनी प्रदेश सम्मेलन सकिएको चार दिनपछि अध्यक्ष पदमा सुदर्शन बरालको नाममा सहमति जुटेको भन्दै सार्वजनिक भएको समाचारलाई प्रदेश कमिटीको अर्को समुहले अस्विकार गरेको छ । वराललाई अध्यक्ष बनाउने सहमति जुटेको भन्दै बिहिबार सार्वजनिक भएका खबरमा सत्यता नभएको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा बाँके जिल्ला कमिटीका अध्यक्ष आईपी खरेलले बताए ।

खबरकुरासँग कुरा गर्दै खरेलले असल नियतले समाचार सार्वजनिक नभएको स्पष्ट पार्दे बैठकले बराललाई अध्यक्ष बनाउने कुनै सहमति नगरेको दाबी गरे । उनले बिधान अनुसार अधिवेशनबाट निर्वाचित कमिटीको जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी पदाधिकारीको टुङ्गो लगाउने व्यवस्था रहेकोमा त्यस्तो कुनै प्रक्रिया सुरु नभएको जानकारी दिए ।

अध्यक्षमा बराललाई जिम्मेवारी दिने सहमति भएको प्रदेश कमिटीका अर्का सदस्य बुद्धि जीसीले बिहिबार बताएका थिए । उनले सर्वसम्मत सहमति जुटेको दाबी गर्दै बराल अध्यक्ष बन्ने निश्चित भएको बताएका थिए । सो खबरलाई खण्डन गर्दै बाँके अध्यक्ष खरेलले भने सुनियोजितरुपमा हुँदै नभएको निर्णयलाई हल्ला मच्चाईएको बताए । ‘जस्ले बताएको भएपनि, यस्तो भ्रामक समाचारमा सत्यता छैन र असल नियत पनि छैन ।’ उनले भने ।

माओवादीको अधिवेशन सम्पन्न भएको १ साता पुग्नै लाग्दा समेत अधिवेशनबाट निर्वाचित प्रदेश कमिटीले अध्यक्ष र पदाधिकारी चयन गर्न सकेको छैन । प्रदेश कमिटीमा पदाधिकारीका आकांक्षी धेरै भएकाले पार्टीको केन्द्रीय सम्मेलनपछि टुंगो लगाउने माआवादी नेताहरुले तयारी गरेको बुझिएको छ ।

पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनले आफू अनुकूलका व्यक्ति प्रदेशको नेतृत्वमा ल्याउन चाहेकाले प्रदेशको नेतृत्व चयनमा सहमति हुन नसकेको अधिवेशनमा सहभागी एक नेताले बताए ।

निर्वाचित प्रदेश कमिटी सदस्यहरुलाई थाहै नदिई उच्च नेताहरुले सहमति गरेको हुन सक्ने अर्का एक सदस्यले नाम नबताउने सर्तमा खबरकुरालाई बताए । यस सम्बन्धमा बुझ्न खोज्दा बरालले भने मोबाईल उठाएनन् ।

उता बराललाई अध्यक्ष चयन गर्न सहमति भएको खबरको खण्डन गरेका बाँकेका नेता खरेल आफै प्रदेश अध्यक्षका दाबेदार हुन् । उनले प्रदेश कमिटीको अध्यक्ष बन्न चाहेपनि उनको पक्षमा सहमति जुट्न नसकेको बताईएको छ । खरेलले उपाध्यक्षमा बस्ने गरि सहमति भएको अधिवेशनमा सहभागी एक माओवादी नेतृले दाबी गरिन् ।

दाङको भालुवाङमा २५/२६ मंसिरमा सम्पन्न लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले २१७ जना निर्विरोध निर्वाचित गरेको थियो । नेता बराल माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा सर्वसम्मत भएको बताइएको छ । उनी पुननिकट मानिन्छन् ।

माओवादी केन्द्रको बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन् ।

माओवादीमा उर्वर बनेको कपल राजनीति :

माओवादीको लुम्बिनी प्रदेशमा श्रीमान श्रीमती नै पार्टीको मुख्य मुख्य कमिटिमा पद ओगट्ने कार्यमा पनि अब्बल देखिएका छन् । प्रदेशका अधिकाँस जिल्लाहरुमा कपल राजनीतिमा अग्रसर देखिएका छन् ।

प्रदेश कमिटीमा सबैभन्दा बढी दाङमा कपल राजनीति गर्ने संख्या देखिएको छ । श्रीमान भएकै कमिटीमा बस्नका लागि गुल्मीको रेसुङ्गा नगरपालिकाको नगर अध्यक्षमा निर्वाचित प्रदेशसभा सदस्य गिता थापा नगर अध्यक्षबाट राजीनामा दिएर प्रदेश कमिटीमा बस्न पुगेकी छिन् । लुम्बिनी प्रदेशमा कपल राजनीतिको अवस्था यस्तो छ ।

गुल्मी माओवादीमा कपल राजनीति :

सुदर्शन वराल खुल्लाबाट प्रदेशमा निर्वाचित हुँदा बरालकी श्रीमती लिला थापा महिला कोटाबाट प्रदेश सभामा ल्याइएकी छन् । त्यसैगरि खुल्लामा युवराज केसि निर्वाचित हुँदा उनकी श्रीमती सिर्जना तरामु महिला कोटाबाट प्रदेश सदस्यमा आएकी छन् । युवाबाट प्रदेशमा चुनिएका भुपाल पोखरेलकी श्रीमती बिनीता पोखरेल पनि महिला कोटाबाट प्रदेशमा पुगेकी छन् । गुल्मीबाट खुल्लाबाट निर्वाचित अशोक थापाकी श्रीमती गीता थापा प्रदेशसभा सदस्य सहित प्रदेश कमिटी सदस्य समेत बनेकी छिन् ।

माओवादी केन्द्रको दाङ राजनीतिमा पनि कपलको बाहुल्यता देखिएको छ ।

दाङका नेता लुमाकान्त न्यौपाने प्रदेश कमिटीमा निर्वाचित हुँदा उनका श्रीमती नारायणी शर्मा माओवादीकी केन्द्रीय सदस्य हुन् भने तुलसीराम पुन र श्रमिती मनकुमारी पुन दुबैजना प्रदेश कमिटीमा निर्वाचित भएका छन् । त्यसैगरि दाङकै नेता धिरज श्रीपाली र पुनम श्रीपाली पनि प्रदेश कमिटीमा निर्वाचित हुने दम्पत्ती हुन् ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा र उनका श्रमती शुशिला शर्मा पनि प्रदेश कमिटीमा पर्ने भाग्यमानी माओवादी कार्यकर्तामा पर्छन् । अजयदिपलाई पार्टीको केन्द्रीय प्रचार विभाग सदस्यमा पनि राखिएको छ । दाङकी अर्की नेतृ प्रतिभा वोगटी आचार्य प्रदेश कमिटीमा निर्वाचित हुँदा उनका श्रीमान निर्मल आचार्य माओवादीका केन्द्रीय सदस्य छन् । उता प्रदेश कमिटीमा निर्वाचित प्रतिभा थारु माओवादी केन्द्रीय सदस्य एवं प्रदेश सरकारका स्वास्थ्य मन्त्री ईन्द्रजित थारुका श्रीमती हुन् । मन्त्री पत्नी प्रतिभाकाे पार्टीमा याेगदान नभएकाे दाङका एक कार्यकर्ताले गुनासाे गरे । यमनारायण शर्मा पोख्रेल र बालिका शर्मा चौधरी भने दाजु बहिनी हुन् ।

यता रुपेन्देहीबाट पनि टिका वली र जयबहादुर धामी तथा दिपा बिक र खगेन्द्र बिक प्रदेश कमिटीमा निर्वाचित हुने भाग्मानी दम्पत्तीमा पर्छन् ।

लुम्बिनी प्रदेश माओवादी जनयुद्धमा सबैभन्दा बढी घाइते, बेपत्ता र शहिद हुने प्रदेशमा पर्दछ । प्रदेशमा जनयुद्धलाई बलिदान दिएका हजारौं पार्टी सदस्य हँदाहुँदै पनि श्रीमान श्रीमती नै कमिटी कब्जा गर्न पुगेर त्याग र बलिदान गरेका कार्यकर्ताको उपेक्षा गरिएको बर्दियाका एक शहिद परिवारका सदस्यले बताए । बर्दिया नेपालमै सबैभन्दा बढी जनयुद्धकालमा बेपत्ता गराईएको नागरिकको जिल्ला हो ।

(यसअघि प्रकाशित समाचारमा सम्बन्धबारे अन्यथा परेकोमा सच्चाएका छौं । – सम्पादक )

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : ०९ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी